सम्पतलाल चौधरी (हौली परिवार)

नेपालमा आदिकालदेखि पूर्व मेचीदेखि पश्‍चिम महाकालीसम्‍म उत्तर चुरे भावर क्षेत्र देखि दक्षिण भारतको सिमानासम्‍म बसोबास गर्दै आइरहेका थारू जातिका मानिसहरूको भौगोलिक विकटतामा पर्ने नदी पहाड र वन जङ्गलको कारणले एक अर्को समूहबाट अलग भएको हुनाले मूलभूत रूपमा एउटै जाति र केही संस्कारहरूमा भिन्‍नताका साथै भाषाहरूमा पनि विविधता देखिन्‍छ। जसले गर्दा एउटै थारू भाषाको रूपमा नरहेकाले सो सम्‍बन्‍धमा “सिल नेपाल” र “मातृभाषा केन्‍द्र नेपाल” द्वारा पर्सादेखि झापासम्‍मको “मध्‍य-पूर्वीया थारू भाषा” शब्‍दकोश प्रकाशन गरिएकोमा यस क्षेत्रका थारू समुदायको शब्‍दकोश प्रकाशन गरी विभिन्‍न ठाउँका थारूहरूको भाषामा फरक भए पनि भविष्‍यमा एकरूपता ल्‍याउन समेत प्रयास गरेकोमा हौली परिवार मोरंग सुनसरी आगामी दिनहरूमा अझ यहाँका भाषाहरूलाई विकास गर्न मद्दत पुग्‍ने विश्‍वासका साथ शुभकामना प्रकट गर्दछ।

 

सम्पतलाल चौधरी

हौली परिवार मोरङ सुनसरी