प्रकाशकीय

शब्दकोश निर्माण प्रक्रिया

२०१४ डिसेम्बरमा एसआईएल इन्टरनेश्नल नेपालले हिमाली जनजाति आदिबासी नेपालसँग शब्दकोश विकास कार्यशाला सञ्चालन गर्‍यो। नेपालको काठमाडौमा सम्पन्‍न भएको दुई हप्ते कार्यशालामा झण्डै ३० जना स्युबा भाषीहरूको सहभागिता भएको थियो। उक्त सहभागीहरूले एसआईएलद्वारा विकास गरिएको Semantic Domain को माध्यमबाट सुव्यवस्थित प्रक्रियाद्वारा शब्दहरूको तिब्र सङ्‍कलन गर्न सिक्नुको साथै व्यवहारमा लागू पनि गरेका छन् र उनीहरूकै समुदायमा यो प्रक्रियालाई निरन्तरता दिइएको छ (हेर्नोस्: www.sil.org/computing/ddp  र www.rapidwords.net)। प्रत्येक भाषाहरूका यी समूहले ६ हप्ताभित्रमा १८०० भन्दा बढी फरक-फरक Semantic Domain अन्तर्गत शब्दहरूको सङ्‍कलन गर्ने, सबै शब्दहरूलाई आकर्षक ढङ्‍गले नेपालीमा राख्ने र Wesay कार्यक्रम (www.wesay.org) को प्रयोगद्वारा शब्दहरू टाइप गर्ने काम सम्पन्‍न गरियो। त्यस्तै, जुन र डिसेम्बर २०११ मा भएको कार्यशालाहरूले भाषा समूहहरूलाई उनीहरूको शब्दकोश सम्पादन गर्न र बिस्तार गर्न सहायता पुर्‍यायो। जुन प्रक्रिया र सम्पादकहरूको लगनशीलताद्वारा प्रत्येक समूदायबाट भएर अहिले प्रकाशनको चरणसम्म निरन्तरता पाएको छ।

२०११ अप्रिलको कार्यशालाबारे परिचय दिए अनुसार, सुरुवातदेखि हाम्रो चाहना भनेको प्रत्येक समुदायबाट धेरै मानिसहरूले आफ्नो तवरबाट युगदान दिनुभएको कारण लोकप्रिय Creative Common License (www.creativecommons.com) अनुरुप यो शब्दकोश स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनु रहेको छ। आउँदा वर्षहरूमा पनि यो शब्दकोशको विकास र विस्तारको कामले निरन्तरता पाइनै रहनेछ र भाषामा भइरहेको विकास र स्तरिकरणको काम हाम्रो निम्ति कोसेढुङ्गो साबित हुनेछ भन्‍ने आसा रहेको छ।

एसआईएलले लोवा-नेपाली-अङ्ग्रेजी शब्दकोश (२०१५) लाई अगाडी ल्याएर यसको विकास प्रक्रियाद्वारा नेपाली भाषाहरूको विविधता र वैभवताको प्रचार र प्रवर्द्धन गर्ने काममा सानो भुमिका निर्वाह गर्ने सु-अवसर प्राप्त गरेको छ। अझै पनि नेपालको धेरै भाषाका समूदायमा उही प्रकारले सेवा पुर्‍याउन हामी अग्रसर हुनेछौं।

दानिएल वाटर्स

निेर्देशक (नेपाल)

एसआईएल इन्टरनेश्नल