जिशिका

शुभकामना

श्री हिमाली आदिवासी समाज नेपाल बौद्ध काठमाण्‍डौले लोपोन्‍मुख अवस्‍थामा रहेका भाषाहरू मध्‍येको एक स्‍युबा (कागते) भाषामा शब्‍दकोश निर्माण गरी प्रकाशन गर्न लागेकोमा खुशी लागेको छ।

नेपालको संविधानले नेपाललाई एक बहुभाषिक, बहुसांस्‍कृतिक राष्‍ट्र रहेको स्‍वीकार गरी सकेको अवस्‍थामा यहां बोलिने सबै भाषा र सांस्‍कृतिको विकास, संरक्षण र सवर्द्धन गर्ने कार्यमा यस शब्‍दकोश प्रकाशनले ठुलो सहयोग पुर्‍याउनेछ। लोपोन्‍मुख भाषाहरूमध्‍येको स्‍युबा भाषाको विकास र संरक्षणका अतिरिक्त मातृभाषामा प्राथमिक तहको शिक्षा हासिल गर्न समेत सहयोग पुग्‍नेछ।

अन्‍त्‍यमा स्‍युबा-नेपाली-अंग्रेजी भाषाको शब्‍दकोश प्रकाशनका लागि स्‍युबा भाषीमा देखिएको उत्‍साह र जाँगर प्रशंसनीय छ र आगामी दिनमा पनि मातृभाषामा शिक्षाका लागि यो जाँगर र उत्‍साह अझ बढी रूपमा प्रतिबिम्‍बित भएको जिल्‍ला शिक्षा कार्यालय, रामेछाप तथा सवै सरोकारवालाहरूले महसुस गर्ने अवसर प्राप्‍त हुने अपेक्षाका साथ सफलताका लागि शुभकामना व्‍यक्त गर्दछु।

असोज २०७२

सविराम अधिकारी

जिल्‍ला शिक्षा अधिकारी