माननीय

शुभकामना

 

नेपाल बहुल जाति र बहुल भाषीहरूको कर्म थलो हो। यहाँ १२५ भन्‍दा बढी जाति र १२३ भन्दा बढी भाषाहरू छन्। ती मध्ये ५९ जाति नेपाल सरकारले आदिवासी जनजातिमा सूचीकृत गरेका छन् भने सूचीकृत हुन बाँकी थुप्रै जाति र भाषाहरू रहेको अवस्था छ। यी नै १२३ भाषामध्ये स्‍युबा भाषा पनि एक रहेको कुरा २०११ को सरकारी तथ्याङ्‍कले देखाएको छ। स्‍युबा जाति पहिचान नभएता पनि २०११ को तथ्‍याङ्‍क अनुसार यस भाषालाई पहिचान गरेको छ। २०६२/०६३ को जनआन्दोलन पछि नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिएको अवस्थामा स्‍युबा भाषीहरू पनि आफ्नो मातृभाषाको संरक्षण र विकासमा सचेतित भएको पाइन्छ। यिनीहरूले २०७० सालदेखि आफ्नो भाषाको अभिलेखीकरण, वर्णविन्यास, मातृभाषा साक्षरता सर्वेक्षण, शब्दकोश निर्माण जस्‍ता महत्वपुर्ण भाषा विकासका कार्यहरू गर्दै गरेको सुन्दा मलाई अत्यन्त खुसि लागेको छ। नयाँ नेपालको नयाँ संविधानसँगै हाल आएर उहाँहरूको कडा परिश्रमबाट यो भाषामा शब्दकोश प्रकाशन हुन लागेकोमा सम्पूर्ण स्‍युबा समुदायलाई हार्दिक बधाइका साथै यो शब्दकोशले स्‍युबा भाषा संरक्षण र विकासमा महत्त्वपूर्ण टेवा पुगोस् भनि उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।

माननीय आङ टावा शेर्पा

संविधान सभा सदस्य, रामेछाप-१

मिति: २०७२/०६/०५