दुई शब्द
शब्द मानव–चेतनाको अभिव्यक्ति हो र शब्द–संयोजनबाटै भाषा निस्केर समाज विकासमा बौद्धिक आधार बन्न पुग्दछ। यस्तै शब्द–संयोजनबाट निसृत भाषा नै स्युबा भाषा हो जुन जनकपुर अंचल, रामेछाप जिल्लाको स्युबा समुदायले बोल्ने गर्दछ। भाषा स्पर्श गर्न नसकिने महत्वपुर्ण साँस्कृतिक सम्पदा हो। आदियौंदेखि स्युबा भाषा कथ्यको रूपमा मात्र प्रयोग भए तापनि अहिलेको समयमा कथ्यले मात्र भाषा जोगाउन कठिन अवस्था सृजना भएको छ। यस्तो अवस्थामा भाषालार्इ लेख्य रूप दिनु जरूरी भएको अवस्थामा यसको लेख्य परम्पराको विकास भरखर–भरखर हुंदैछ। स्युबा जातिको आफ्नै महिमा, गरिमा र इतिहास छ। स्युबा समुदायले यसलार्इ औधि माया गरेको पाउछौं। यो भाषा भोट–बर्मेली परिवारमा पर्दछ। स्युबा भाषालार्इ स्थानिय भाषामा स्युबा ताम भनिन्छ। भाषा जाति पहिचानको वैज्ञानिक आधार हो। भाषा लोप भएमा जाति पहिचान संकटमा पर्दछ। यस भाषाले राज्यबाट वास्ता पाउन सयौं वर्ष संघर्ष गर्नु पर्यो र अझै गर्नु परिरहेको छ।
भाषा विकासको मेरूदन्ड शब्दकोश हो। यसलार्इ आत्मासात गरी यस्तो गरिमामय इतिहास बोकेको स्युबा भाषाको शब्द र प्रचलित शब्द सम्भव भएसम्म भाषिकाहरू समेत समावेश गर्ने मनशायले त्रिभाषिक 'स्युबा–नेपाली–अंग्रेजी' शब्दकोश प्रकाशन गरेको हो। यस कार्यमा यो संस्था गर्व–अनुभूति गर्दछ।
यो शब्दकोश सम्पादन गर्ने सम्पादकहरूले आफ्नो व्यस्ताका वावजुत पनि आफ्नो भाषा समुदायको लागि भनेर दिनरात मेहनत गरी यी शब्दहरू सम्पादन गर्नु भयो। उहाँको आफ्नो भाषा प्रतिको माया, ममता, निरन्तर मेहनत, लगनशिलता र धैर्यता कै उपज हो यो शब्दकोश।
शब्दकोश त्यतिखेर बन्छ जब शब्दहरू संकलन हुन्छ। शब्द संकलन गोष्ठी आयोजना गरी शब्दकोश निर्माणको आधार तयार गर्ने मातृभाषा केन्द्र नेपाललार्इ धन्यवाद दिन चाहन्छु।
शब्दकोशको तयारीमा विभिन्न तालिमहरू संचालन गर्ने र यसको लागि प्राविधिक तथा प्रकाशनमा आर्थिक सहयोग गर्ने एस आइ एल इन्टरनेश्नललार्इ धन्यवाद चाहन्छौं।
शब्दकोष निर्माणमा निरन्तर सहजकर्ताको भूमिकामा रहेर सेवा गर्ने श्रीमति छिङचिप्पा ल्होमी ज्यु पनि धन्यवादको पात्र हुनुहुन्छ। प्राविधिक सहयोग गर्नु हुने एस आइ एल इन्टरनेश्नलका सदस्य, भाषा विज्ञ मारिसिस्को खडगी र कर्मचारी श्री दिवाकर मान श्रेष्ठ ज्यूहरूलार्इ पनि धन्यवाद टक्रयाउन चाहन्छौं।
साङबु नुप्पा ल्होमी
परियोजना लिडर
हिज नेपाल
बौद्ध, काठमाडौं नेपाल