नेपाल बहुजाती बहुभाषीक राष्ट्र हो। सरकारी तथ्याङ्क अनुसार नेपालमा १२३ भन्दा बढी भाषा तथा १२५ भन्दा बढी जातीहरू रहेको देखिन्छ। यस मध्ये कागते/स्युबा पनि एक हो। स्युबाको इतिहासको कुरा गर्नुपर्दा सबैभन्दा पहिले नेपालमा नेपाली कागज बनाउने जातीको रुपमा परिचित रहेकोले स्युबा कागते भन्ने गरेको पाइन्छ। तर स्युबा बुढापाकाहरूको भनाई र लामा गुरुहरूको तथ्यलाई आधार मानेरा हेर्दा र सिङ्गो वास्तविक तथ्यलाई हेर्दा स्युबाको इतिहास गहिरो र ऐतिहासिक रहेको पाईन्छ। स्युबा भन्ने शब्दको नेपली अर्थ ठ्याक्कै कागते चाहिँ हुदैन। तर खसहरूले हेयको दृश्टिले स्युबाहरूलाई कागते भन्ने गरेको पाईन्छ। स्युबा भनेको चाहिँ कागजको पिता आःबा भन्ने अर्थ लाग्छ। जसमा (सीउआःबा) भन्ने शब्दलाई छोट्याउदै जाँदा छोटकरीमा स्युबा हुन पुगेको पाईन्छ। किनकी विभिन्न शब्दहरू सजिलो र छोटो बनाउदै गएको तथ्यहरूबाट यो कुरा थाहा हुन्छ। सीउआःबाको नेपाली अर्थ चाँहि कागजको पिता भन्ने हो। किनकि नेपालमा रहेको नेपाली कागज जुन अड्डा अदालत र विभिन्न सरकारी कार्यालयहरूको काम काजमा प्रयोग गरिन्छ। यो नेपाली कागजको आविस्कार गर्ने जाति नै स्युबाजाति हो। स्युबाहरूले कागजको आविस्कार गर्नुका साथसाथै पेशाको रुपमा अँगालेकोले नेपाली कागजको आविस्कारक या जन्म दाता हो, भन्ने कुराहरू हामी व्यवहारिक र स्थलगतपरिक्षण, बुढापाकाहरूको भनाईबाट स्पष्ट हुन्छ। हाम्रो ईतिहासमा कागज आविस्कारको बारेमा केहि पौराणिक कथाहरू पनि पाईन्छ। जस्तै पहिले तामाको पातामा लेखेर सम्झौता पत्र लेखिन्थ्यो भने कागजको आविष्कार पछि कागजमा लेखेर गरेको सम्झौतालाइ गज पत्र भन्ने गर्थ्यो भन्ने भनाइ हाम्रो समाजमा पाइन्छ। स्युबा जातिको आफ्नै एउटा राम्रो र गहन इतिहास हुँदा हुँदै पनि राज्य स्तरमा आफ्नो पहुँज नहुदा आफ्नो इतिहासलाई फैलाउना सकेको पाइदैन। बिडम्बानाको कुरा भन्नुपर्छ, स्युबाहरूलाई एउटा आविस्कारकको सम्मान पाउनु पर्ने ठाँउमा राज्यबाट हेयको दृष्टिले कागते भनेर विभेद गरेको अवस्था छ। जुन कागते भन्ने शब्दको भाषिक अनुवाद गर्दा हाम्रो आफ्नै स्युबा भाषामा यसको कुनै अर्थ लाग्दैन। स्युबा भाषामा विभेदपूर्ण शब्दहरू खासै पाईदैन। स्युबाहरूको गहिरो र उच्चमा रहेको इतिहासलाई राम्रोसँग पहिचान दिनको लागि यसको बारेमा खोज अनुसन्धान तथा सर्वेक्षण गर्नु जरुरी छ। हाल आएर विचार गर्दा राज्यले स्युबा जातिलाई एउटा आविस्कारको सम्मान दिनु पर्छ भनि विभिन्न विभेदको बिल्लाभिडाएर स्युबाहरूको इतिहास नष्ट गर्ने अविलाशाले कागते भनि वेदभाव गरेर आफ्नो जाती नामा परिवर्तन गरि विभिन्न जाति नाम वरण गर्न बाध्यपारेको देखिन्छ। त्यसैले हाल प्राय स्युबाहरूले आफुलाई तामाङ, ह्योल्मु, हेल्मु, लामा, शेर्पा, गुरुङ जस्ता जातिका रुपमा परिचित गरेको पाइन्छ। यसरी आफ्नो वास्ताबिक इतिहासलाई सम्मान गर्दै जान नसकेकोले हामी सबैको माझ चिरपरिचित हुन सकेनौँ। यस भाषाको विदेशी भाषाविज्ञ डा. अन्ना मरियाहरीले आज भन्दा ३५/४० बर्ष अगाडी भाषा विकासको सुरुवात गरेता पनि विभिन्न कारणले त्यो गति त्यतिकैमा बन्द भएर हाल ‘हिमाली आदिवासी समाजको’ आर्थिक सहयोगमा स्युबाभाषाको विकासको लागि विभिन्न भाषाविकासका कृयाकलापहरू जस्तै वर्ण विन्यास, मातृभाषा कथा लेखन, शब्दकोश निर्माण, मातृभाषा साक्षरता कार्यक्रम गरेर यस भाषालाइ अगाडि बढाइरहेको अवस्था छ। त्यसैले सम्पूर्ण स्युबा जातिका सबै वर्गका, तह तप्काका स्युबाहरूलाई एक जुट भएर आफ्नो इतिहाँसलाई बचाउन लागि पर्नु पर्ने देखिन्छ। जसले गर्दा आफ्नो पुर्खाले आर्जेको आविस्कारकको ताक्मा बचाई राख्दा हामी स्युबाहरूको मान सम्मान इज्जत पनि उच्च रहन्छ त्यसैले हामी स्युबाहरू एक भएर आफ्नो भाषा संस्कृतिको विकास गरौ।
प्रदिप कुमार तामाङ (स्युबा)
दुरागाउँ-२ रामेछाप
मो. ९८५११४१४९२