Sorry, this entry is only available in नेपाली.
शब्दकोश कसरी प्रयोग गर्ने?
पश्चिमी तामाङ भाषाको शब्दकोश तपाइँ-हाम्रो हात-हातमा आइपुगेको छ। कोशविज्ञानमा आधारित यस शब्दकोशको निर्माण कार्य करिब वर्षदिन अघिदेखिको अनवरत प्रयासपछि सम्पन्न भएको छ। मझौला कदको यस शब्दकोशमा प्रविष्टि गरिएका तामाङ भाषाका मूल शब्दहरू आफैमा पूर्ण नभएर सुरुवात मात्र हो। यस ‘पश्चिमी तामाङ-नेपाली शब्दकोश’मा तामाङ भाषालाई स्रोतभाषाको रूपमा लिइएको छ भने नेपाली भाषालाई चाहिँ लक्षित भाषा। शब्दकोशको मूल प्रविष्टिमा पश्चिमी तामाङ भाषाको शब्दहरूलाई राखिनाले तत्भाषिक समुदायका लागि त स्वत: उपयोगी हुने भयो नै, यसका साथै गैर-मातृभाषी (Non-Tamang) पाठकहरू र यस भाषाप्रति चासो लिनुहुने तथा अध्ययन-अनुसन्धान गर्न चाहनु हुने सबैलाई सजिलो तुल्याउन शब्दकोशको पछिल्लो खण्ड ‘नेपाली-पश्चिमी तामाङ’मा नेपाली भाषाको शब्दहरूलाई स्रोतभाषामा अर्थ्याइएको छ। जसले गर्दा नेपाली भाषा मात्र बुझ्ने पाठकहरूका लागि स्रोतभाषाको शब्दहरूका बारेमा जानकारी लिनका लागि सहयोग पुर्याउनेछ। शब्दकोशको उपयोगितालाई सहज पार्न यसको प्रयोगबारे निम्न शीर्षक तथा उप-शीर्षकहरूमा खुलस्त रूपमा बताइएको छ।
- मूल प्रविष्टि (Head Entry)
- यस शब्दकोशमा पश्चिमी तामाङ भाषाका सकेसम्म धेरै शब्दहरूलाई प्रविष्टि गर्ने प्रयास भएको छ। मूल प्रविष्टिमा स्रोत भाषाका सकेसम्म सबै क्षेत्रका ठेट शब्दहरूलाई समावेश गरिएको छ।
- शब्दकोशमा पश्चिमी तामाङ भाषाका जम्मा ८ हजार २९ वटा मूल प्रविष्टिहरू रहेका छन्।
- शब्दकोशको मुख्य खण्डमा मूल प्रविष्टिलाई देवनागरी लिपिमा लिपिवद्ध गरिएको छ। यसका साथै मूल प्रविष्टिलाई प्रष्ट देखिनका लागि गाढा अक्षरमा प्रविष्टि गरिएको छ। जस्तै: केप्प ना. कम्मर। दीसुम् वि. अमर; अजर। दङ्ब क्रि. लखेट्नु; धपाउनु।
- शब्दकोश निर्माण प्रक्रियाको प्रचलित मान्यता अनुसार नै यस शब्दकोशमा पनि मातृभाषाका शब्दहरूलाई व्यवस्थित गरिएका छन्। पश्चिमी तामाङ भाषाको वर्णमालाको वर्णानुक्रम अनुसार नै स्वर वर्णहरू र व्यञ्जन वर्णहरूलाई व्यवस्थित गरिएका छन्।
२. वर्णानुक्रम (Alphabetical order)
अन्य भाषाहरूमा जस्तै पश्चिमी तामाङ भाषामा पनि स्वर तथा व्यञ्जन ध्वनिहरू रहेका छन्। तिनका बारेमा तल दिइएका छन्।
२.१ स्वर ध्वनिहरू (Vowel Phonemes)
पश्चिमी तामाङ भाषाको उच्चारणअनुसार जम्मा छ वटा स्वर ध्वनिहरू पाइन्छन्। तिनीहरूलाई देवनागरी लिपिमा देहाय बमोजिम प्रस्तुत गरिएका छन् :
स्वर वर्णहरू |
अ |
आ |
इ |
उ |
ए |
ओ |
- |
ा |
ी |
ु |
े |
ो |
उपर्युक्त सबै स्वर ध्वनिहरूको दीर्घ रूप पनि रहेका छन्। जसलाई ‘ : ’ चिन्हले जनाइएको छ।
२.२ व्यञ्जन ध्वनिहरू (Consonant Phonemes)
पश्चिमी तामाङ भाषामा उच्चारणको विशेषताअनुसार जम्मा २५ वटा व्यञ्जन ध्वनिहरू पाइएका छन्। ती व्यञ्जन ध्वनिहरूलाई देवनागरी लिपिमा देहाय बमोजिम प्रस्तुत गरिएका छन्:
क |
ख |
ग |
|
ङ |
च |
छ |
ज |
|
|
ट |
ठ |
ड |
|
|
त |
थ |
द |
|
न |
प |
फ |
ब |
भ |
म |
य |
र |
ल |
व |
|
स |
ह |
|
|
|
- पश्चिमी तामाङ भाषाका वर्णहरूमा विभिन्न प्रकारका मात्राहरू लागेर शब्द निर्माण भएका हुन्छन्। शब्दकोशमा समाविष्ट शब्दहरूलाई खोज्ने क्रममा वर्णहरूका साथसाथै मात्राहरूको क्रम पनि थाहा पाउनु आवश्यक हुन्छ। जसको बारेमा तल उल्लेख गरिएको छ।
पश्चिमी तामाङ भाषामा बारम्बार प्रयोगमा आउने मात्राहरू यस प्रकार छन्:
मात्रा- |
- |
ा |
ी |
ु |
े |
ो |
उदाहरण- |
(क) |
(का) |
(की) |
(कु) |
(के) |
(को) |
- पश्चिमी तामाङ भाषाका छ वटै स्वर ध्वनिहरूमा ह्रस्व र दीर्घको भेद पाइन्छ। त्यसैले यस भाषा लेखनको सिलसिलामा ह्रस्व इ-कार र उ-कारको लागि क्रमश: ‘ ी ’ र ‘ ु ’ चिन्हहरूको प्रयोग हुन्छन्। जस्तै: फीःब क्रि. उम्रनु; तीय ना. पिँडालु; दे:मा क्रि.वि. भरे; नेब वि. रोगी; ने:ब क्रि. घिनाउनु।
- पश्चिमी तामाङ भाषा बोलिने सबै क्षेत्रका शब्दहरूलाई मूल प्रविष्टिमा समावेश गरिँदा अलग सङ्केतहरूले जनाइएका छन्। जस्तै: रसुवा (र), नुवाकोट (नु), झार्लाङ (झा), सेर्तुङ (से), रीगाउँ (री), तीप्लीङ (ती), लम्जुङ (ल), कञ्चनपुर (क), आदि।
- पश्चिमी तामाङ भाषाका शाब्दिक वर्ग: नाम, सर्वनाम, क्रिया, विशेषण, क्रिया-विशेषण तथा व्याकरणीक वर्ग: कारक, नामयोगी, संयोजक, आदिलाई मूल प्रविष्टिमा समावेश गरिएका छन्।
- यस शब्दकोशमा सामान्यत: ऐतिहासिक र धार्मिक रूपले महत्त्वपूर्ण मानिएका व्यक्तिवाचक नामहरूलाई पनि मूल प्रविष्टिमा समेटिएका छन्। त्यसैगरी पश्चिमी तामाङ भाषाका मौलिक शब्दको नै प्रयोग हुने कतिपय प्रचलित व्यक्तिवाचक एवं स्थानवाचक नामहरूलाई पनि मूल प्रविष्टिमा नै समावेश गरिएका छन्।
जस्तै:- झार्नाङ ना. झार्लाङ; धादिङ जिल्लाको उत्तरी भेगमा अवस्थित तामाङ समुदायको बाहुल्यता रहेको एक गाउँ।
- क्रियामूलमा कुनै क्षेत्रमा '-ब' तथा अन्य कतिपय क्षेत्रहरूमा फरक किसिमले उच्चारण गरिने भएकाले क्रियामूल शब्दमा '-प' को समेत प्रयोग गरी प्रविष्टिलाई साझा, समावेशी र व्यापक समेत पारिएको छ।
जस्तै:- अखोब क्रि. हेला गर्नु; अपमान गर्नु; अस्होप्प क्रि. डाह गर्नु।
- पश्चिमी तामाङ भाषामा कतिपय शब्दहरूमा ‘घ, झ, ढ’ ध्वनिहरूको समेत प्रयोग भएको पाइन्छ। तिनको मौलिक उच्चारणमा लघुतम युग्म (Minimal pairs) फेला पार्न नसकिएकाले वर्णमालामा समावेश गरिएको छैन। जस्तै:- घ्यम्ब ना. आन्द्रामाहुने काप, घ्युलुक्लेक्रि. वि.सुलुक्क, झुब् (हेर्नुहोस्: जुब्), ढाप्/ ठाप्1)ना. नाटक2), ठट्टा(प. ङ्याब, टेम्रेन्, लेप्स्याङ्, स्यम्रेन्) आदि।
- आगन्तुक शब्दहरूलाई पश्चिमी तामाङ भाषाको उच्चारण, वर्णमाला र लैखनशैली अनुसार नै प्रविष्टि गरिएको छ।
जस्तै:- देस् (देश), कछ्य (कक्षा), बल्व (बालुवा), आदि।
- अनुकरणात्मक शब्दहरूलाई पनि मूल प्रविष्टिमा नै समावेश गरिएका छन्।
जस्तै:- फ्रुप्फ्रुप् अनु. कर्याम्म-कर्याम्म; कुडुङ्कुडुङ् अनु. कर्याम-कर्याम।
- निपात र संयोजक शब्दहरूलाई पनि मूल प्रविष्टिमा समावेश गरिएका छन्।
जस्तै:- ग नि. पो; स्हीम् सं. अनि; वुइ: नि. कि; देबे: सं. तर।
पश्चिमी तामाङ भाषा भोट-बर्मेली भाषा-परिवार अन्तर्गत पर्दछ। यस भाषाको विशेषता अन्य हिमाली वा तिब्बती भाषासँग केही मात्रामा मिल्न जान्छ। यस शब्दकोशमा प्रस्तुत गरिएका सम्पूर्ण प्रविष्टिहरूलाई नेपाली भाषामा जस%A